
जन्मायो काठमाण्डौको डिल्ली बजार उन्लाई,
साहित्य जगतले नै पुरायो सारा संसार उन्लाई।

लक्ष्मी पुजाकै दिन देवकोटा परिवारमा उदायो,
साहित्यले बनायो जगतमै राष्ट्रकै उद्दार उन्लाई।
तिलमाधव अंमरराज्य लक्ष्मी देवीकै कोखबाट,
भयो जन्म बनाए साहित्यमै खुबै प्यार उन्लाई।

पाँच पुत्रि चार पुत्रका भए उनिर मानदेवी पनि,
जीम्मा लिएकी र भनिन्छ पालन हार उन्लाई।
संसार छाड्यो भौतिक सरिरले भदौ उन्निस गते,
मृत्यु पछि जीवित राख्ने एउटै आधार उन्लाई।
सम्झिनछौँ सम्मान गरेर लेखक मुना मदनका,
नेपालमा कलम चलाउने साहित्यकार उन्लाई।
नेपाली धर्तीमा जन्मिएका महा कवी देवकोटा,
सम्झि रहेका छौँ हामिहरूले लगातार उन्लाई।
॥१॥
खै न निकास पाउँछ न विकास हुन्छ देशमा,
सडक र संदनमा किन तमास हुन्छ देशमा।
नागरिक रैती विदेशीका गोठाला बनाइन्छन्,
नेताहरूलाई भने विदेशी खास हुन्छ देशमा।
हुन त पुँजिवादी समाजमा पैसाको खेला हो,
पद र प्रतिष्ठाको लागि वक्बास हुन्छ देशमा।

युवाहरू पनि कौवाको पछि भाग्न थाल्छन्,
त्यहि त सपना पनि सत्यनास हुन्छ देशमा।
भन्नेहरूले भन्छन् देश कहिल्यै गुलाम भएन,
नेता धेरै त दलाल बनेरै उपहास हुन्छ देशमा।
गृहयुद्ध गर्छन् भ्रष्टाचार मौलाएपछि सधैँभरी,
भ्रष्टाचार उस्तै छ न्यायको लाश हुन्छ देशमा।
॥२॥
यस्तो चालाले सपना साहाकार हुनसक्दैन,
बिना पैसाको त अचेल घरबार हुनसक्दैन।
फिजुल खर्च गर्दा पछुताउनु पर्ला दुःखमा,
छोरा स्वास्निको भन्दा बफादार हुनसक्दैन।
मानिस उस्तै भए के लाग्छ पार्टी उस्तै त हो,
व्यवहारमै हो भासनमा भ्रष्टाचार हुनसक्दैन।
जनता बलियो वीर बफादार पक्कै छन् यहाँ,
नेपाली समाज खै कीन होसियार हुनसक्दैन।
देशको लागि प्राण दिनेपनि हुन यही देशका,
सबै नागरिक किन देशकै औतार हुनसक्दैन।
नेताहरूका भाषन सुन्दा पशुपनि मख्ख हुदा,
अक्सर सोचछु उस्तै कीन व्यवहार हुनसक्दैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































