नेपाली आकाशमा दुई मौसमी प्रणाली मिसिँदै, नेपालमा फेरि आज देखि ठूलो वर्षाको जोखिम बढ्दै !

Image
Nisarga Hospital

नेपालमा फेरि ठूलो वर्षा र हिमपातको सम्भावना देखिएको छ। अरब सागर र बंगालको खाडीमा विकसित दुई मौसमी प्रणाली एकआपसमा मिसिँदै नेपालतिर सर्दै छन्।

CP Hospital Dhangadhi

मौसमविद विनोद पोखरेलका अनुसार अहिले अरब सागरको न्यून चापीय क्षेत्रले पश्चिमी वायु सक्रिय बनाएको छ भने बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात क्रमशः उत्तरतर्फ बढ्दैछ। यसले भारतको आन्ध्रप्रदेश, उडिशा, तमिलनाडु लगायत तटीय क्षेत्रमा भारी वर्षा गराइरहेको छ।

नेपालमा मंगलबारदेखि पश्चिमी क्षेत्रमा हल्का वर्षा सुरु हुने र बिहीबारदेखि शनिबारसम्म कोशी, मधेस र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना पनि रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विपदविद धर्मराज उप्रेतीका अनुसार दुई प्रणालीको संयुक्त प्रभावले धानबाली र पराल जोगाउन किसानले सतर्कता अपनाउनुपर्छ। हवाई र सडक यातायातमा समेत असर पर्ने भएकाले आगामी शुक्रबार र शनिबार सावधानी अपनाउन सुझाव दिइएको छ।

Dhnagadhi & Krishanapur