आज हरिबोधनी एकादशी: तुलसी विवाहसँगै देशभर हरिबोधिनी एकादशी पर्व मनाइँदै

Image
Nisarga Hospital

आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी एकादशीका दिन देशभर तुलसी विवाह र विष्णु आराधनाका साथ भक्तिपूर्वक पर्व मनाइँदैछ। वैदिक परम्परा अनुसार आषाढ शुक्ल एकादशीमा क्षीर सागरमा विश्राम लिएका भगवान् विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई ‘हरिबोधिनी’ वा ‘प्रबोधिनी’ एकादशी भनिन्छ।

CP Hospital Dhangadhi

हरिशयनीदेखि हरिबोधिनीसम्मको चार महिनामा विवाह, ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा छ। आजको दिन घरघरमा रोपिएको तुलसीको मठलाई गोबर र रातो माटोले पोतेर फूलमालाले सजाई भगवान् विष्णुसँग तुलसीको प्रतीकात्मक विवाह गरिन्छ।

Attariya Hospital

तुलसी धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यसको पात, डाँठ र फूल रोग निवारणका औषधीय गुणले भरिपूर्ण छन्। तुलसीको सुगन्धले वातावरण पवित्र बनाउने र विषालु जीवाणु नष्ट गर्ने वैज्ञानिक प्रमाण पनि भेटिएको छ।

nawajiwan

शास्त्र अनुसार, आजको एकादशीमा विष्णुलाई तुलसीपत्र अर्पण गर्दा हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल प्राप्त हुन्छ। व्रत तथा फलाहार गरी भगवान् विष्णुको आराधना गर्दा पाप नाश भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको धर्मगुरुहरूले बताएका छन्।

Advertize US