भीम रावलको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित

Image
Nisarga Hospital

नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछ। गत आइतबार रावल र नवगठित पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालबीच भएको संवादपछि अभियान पार्टीमा समाहित हुने निर्णय भएको थियो।

CP Hospital Dhangadhi

यस निर्णयलाई औपचारिकता दिन आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको छ। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार उक्त कार्यक्रमलाई ऐतिहासिक एकता प्रयासका रूपमा हेरिएको छ।

Attariya Hospital

रावल नेतृत्वको अभियानले राष्ट्रिय स्वाभिमान र जनजीविकाका मुद्दा उठाउँदै आएको थियो। समायोजनपछि पार्टी एकताले वाम एकता प्रक्रियामा नयाँ उर्जा ल्याउने अपेक्षा गरिएको छ।

nawajiwan