२४ घण्टे देशभरि सफा मौसम, कोशीको हिमाली क्षेत्रमा हल्का वर्षा सम्भवना

Image
Nisarga Hospital

नेपाल मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवरण अनुसार आगामी २४ घण्टा देशको अधिकांश भू-भागमा सामान्यतया सफा मौसम रहनेछ।

CP Hospital Dhangadhi

सोमबार बिहान ८ बजे जारी पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा मात्र आंशिक बदली रहने देखिन्छ।

Attariya Hospital

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। यस्तै, आज राति पनि सोही क्षेत्रमा आंशिक बदली रहनेछ।

nawajiwan

महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा बाँकी सबै प्रदेशहरूमा मौसम सफा र सुहावो रहने अपेक्षा गरिएको छ।