आगामी निर्वाचनमा टिकट बितरणमा देउवाको हस्ताक्षर नचल्ने: महामन्त्री गगन थापा

Image
Nisarga Hospital

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने स्पष्ट गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीका नेताहरूले सोधिरहेको प्रश्न—“के अहिलेका सभापतिमै टिकट चल्ने हो?”—को उत्तर दिंदै यो सम्भव नहुने बताए।

CP Hospital Dhangadhi
Attariya Hospital

थापाका अनुसार विधानअनुसार समयमै विशेष महाधिवेशन हुनेछ र त्यही महाधिवेशनबाट नयाँ सभापति चयन हुनेछ। निर्वाचनमा पार्टीले नयाँ सभापतिकै हस्ताक्षर प्रयोग गर्ने उनको दाबी छ। उनले फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै महाधिवेशन अनिवार्य भएको पनि दोहोर्याए।

“अब विशेष महाधिवेशनको विकल्प छैन, अलमलमा नपरोस्,” थापाले टिप्पणी गर्दै पार्टीमा नेतृत्व परिवर्तन र नीतिगत स्पष्टता आवश्यक रहेको बताए। कांग्रेसभित्र यस विषयमा अझै सहमति नजुटे पनि थापाले महाधिवेशनबिनाको चुनाव सम्भव नहुने धारणा अघि सारेका छन्।