फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सहित हालसम्म ६४ दल दर्ता

Image
Nisarga Hospital

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म कुल ६४ राजनीतिक दल दर्ता भएका छन्।

CP Hospital Dhangadhi

निर्वाचन आयोगका अनुसार आइतबारसम्म ५६ दल दर्ता भएका थिए भने सोमबार थप ८ दल दर्ता भएपछि संख्या ६४ पुगेको हो। आयोगले मंसिर १० गतेसम्म दर्ताका लागि समयसीमा तोकेको छ। मंसिर १ गते १२, २ गते ५, ३ र ४ गते ८–८, ५ गते ७ र ७ गते १६ दल दर्ता भएका थिए।

Attariya Hospital

सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी लगायत दर्ता भएका आयोगले जनाएको छ। कुल १३५ दर्ता दलमध्ये निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन आवश्यक छ।

nawajiwan