
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित यो कदम चालिएको बताए।

पोखरेलले भनेका छन्, “पार्टीका कमरेडहरुको क्षमता, योग्यता र रुचि अनुसार जिम्मेवारी बाँड्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा विकास गर्ने प्रतिबद्धता छ।” उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्ने अपेक्षा राखेको पनि उल्लेख गरे।

उहाँले पार्टीको रक्षा मार्फत देश र जनताको हित सर्वोपरि राख्ने बताउँदै, अभिभावकीय भूमिका मार्फत सहज निकास सुनिश्चित गर्न अध्यक्षलाई अनुरोध गर्नुभएको छ। पोखरेलको उम्मेदवारीले पार्टीभित्र नेतृत्व र रणनीतिमा नयाँ बहस सुरु हुने देखिन्छ, जसले आगामी महाधिवेशनमा केन्द्रिय ध्यानाकर्षण पक्का गर्ने छ।

































