
कोभिडको बेला थियो। विद्यालयहरूले पठनपाठन कसरी गर्ने भन्ने अन्योल छाएको थियो। जहाँ-जहाँ अनलाइन कार्यक्रम हुन्थ्यो, हामी त्यही जोडिन्थ्यौँ-केही उपायहरू निस्कन्छ कि भनेर। हामी शिक्षकहरूको संघसंगठनहरूले आयोजना गरेका कार्यक्रम पनि थुप्रै थिए। आफ्ना-आफ्नै तिरका नेताहरूलाई बोलाएर अतिथि बनाउने चलन थियो। आधा घण्टा कार्यक्रम सुरु नै हुदैनथ्यो, अर्को आधा घण्टा केन्द्रदेखि स्थानीय तहसम्मका आफ्ना नेता र पदाधिकारीका आसनग्रहणमै बित्थ्यो।


त्यसपछि हामी (शिक्षक) मध्यबाट कतिले यस्तो गुनासो गर्थ्यौ-“फलानो पार्टी मेरो रगतमै बगेको छ, मलाई यस्तो गर्न मिल्छ?”, “पालिका-वडामा त हाम्रै च्यानल छ, प्रधानाध्यापक छोड्ने कुरा नै हुँदैन…. यस्तैयस्तै अरु थुप्रै…. शायद हामी शिक्षक र सामुदायिक विद्यालयहरूको विकास अझै पनि यस्तै तत्वहरुले अड्किएको छ।
अस्ति शिक्षामन्त्रीले अलिकति कुरा कोट्याउनुभएको थीयो। शिक्षकको नेतृत्व गरिरहनुभएका साथिहरुले “पखेटा पलाएछ”, “संविधान पढ्नुभाछ?” जस्ता प्रतिक्रिया जनाउनुभो। संगठित हुनु नराम्रो थिएन/ छैन, तर हामी यो यो कुरामा यसरी प्रभावित छौ भनेर कन्फेस गर्न किन गार्हो हामीलाई?
मेरो विचारमा, हामी शिक्षकको प्रफेसनालिजम नफक्रिय सम्म विद्यालय शिक्षाले गति लिन सक्दैन। जति राज्यले माथिबाट प्रयास गर्नुपर्ने ठाउँहरु छ, हामीले ग्राउन्डबाट सुधार गर्नुपर्ने कुराहरु पनि उतिनै छन्। ढिला नगरौ- हामी बने न देश बन्ने हो।
✍️ Yeshu Tiwari, Teacher

















