नेपाल यू–१९ प्रिमियर कप फाइनलमा प्रवेश: मलेसियालाई ९ विकेटले पराजित

Image
Nisarga Hospital

नेपालले युएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको छ। शनिबार अजमानको सेभेन डिस्ट्रिक्ट मैदानमा भएको खेलमा नेपालले ५२ रनको लक्ष्य ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

CP Hospital Dhangadhi

टोलीको जितमा वंश क्षेत्री र निश्चित क्षेत्रीले दोस्रो विकेटको लागि नटआउट ५१ रनको साझेदारी गरे। वंशले २७ बलमा ३ चौकासहित २३ रन बनाए भने निश्चितले १८ बलमा १५ रन जोड्दै जित सुनिश्चित गरे।

पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरको खेलमा १७ ओभरमै ५१ रनमा अलआउट भयो। नेपाली बलिङको आक्रमक प्रदर्शनका कारण मलेसियाका खेलाडी टिक्न सकेनन्। १३ रनमा उनीहरूले ७ विकेट गुमाएका थिए। मलेसियाका हम्जा पांगीले सर्वाधिक १३ रन बनाएका थिए।

nawajiwan
Attariya Hospital

नेपाली बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २४ रन खर्च गर्दै ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए। यस्तै अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले १/१ विकेट लिए।

यस जितसँगै नेपालले फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ र उपाधि जित्ने अवसर बलियो बनाएको छ।