
अत्तरिया : नेकपा एमालेको एघारौं महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला कुमारी राना पराजित भएकी छन् ।


उनी कैलाली क्षेत्र नम्बर ५ बाट महिला क्लस्टरबाट उम्मेदवार थिइन् । अम्बिका विष्ट (मल्ल) ५९१ मतसहित र रुकमणी देवकोटा ५७१ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा उपमेयर रानाले ३८३ र अर्की उम्मेदवार उम्मेदवार जानकी चौधरीले ४४५ मत मात्र पाए ।
कैलाली क्षेत्र नम्बर ५ बाट खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
































