सुदूरपश्चिममा युरिया अभावले किसान चिन्तित : लाइन, चिठ्ठा र हण्डर बीच मल खोज्दै कृषक✨

Image
Nisarga Hospital

सुदूरपश्चिमका किसान अहिले युरिया मलको तीव्र अभावसँग जुझिरहेका छन्। कैलालीको भजनीदेखि कैलारीसम्मका बालीबोट खेतमा मल हाल्ने मुख्य समय चलिरहँदा किसानहरू रातभर लाइन बस्न, भीड सामना गर्न र कतै चिठ्ठा प्रक्रिया झेल्न बाध्य भएका छन्।

CP Hospital Dhangadhi

भजनी–९ का राजाराम चौधरी जस्तै थुप्रै किसान आवश्यक समयमा मल नपाएर तनावमा छन्। परिवारसहित रातभर लाइन बस्दा पनि हात खाली फर्किनु उनीहरूको ठूलो पीडा बनेको छ। सहकारीमा सूचना जारी भएपछि सयौँ किसान मलका लागि पुगे तर उपलब्ध मात्रा अत्यन्तै कम हुँदा झडपसम्मको अवस्था सिर्जना भयो।

सहकारीहरूमा आउने मलको परिमाण मागको तुलनामा अत्यन्तै न्यून भएपछि वितरण रोकिने, सेयर सदस्यबीच चिठ्ठा हालेर भाग लगाउनेदेखि धेरै किसान निराश भएर फर्किने अवस्था देखिएको छ।

nawajiwan
Attariya Hospital

कैलालीका कृषि सहकारी तथा विक्रेतामा आपूर्ति हुने मल पर्याप्त नपुग्दा भजनी, कैलारी लगायत क्षेत्रमा समस्या झनै गहिरिँदै गएको छ। कृषि सामग्री कम्पनीका अनुसार जिल्लामा केही मौज्दात भए पनि माग धेरै भएकाले सबैसम्म तुरुन्तै पुर्‍याउन कठिनाइ भएको बताइएको छ।

यतिबेला गहुँ, तोरी, मसुरो र आलु जस्ता महत्वपूर्ण बाली लगाउने भद्रगोल समयमा मल नपाउँदा किसानको खर्च, उत्पादन र आगामी आम्दानी सबै प्रभावित हुने चिन्ता बढेको छ। अनुदानको मल सहकारीमार्फत वितरण हुने प्रणाली भएकै कारण माग र आपूर्तिमा असन्तुलन हुँदा किसानहरू वर्षेनी यस्तै समस्यामा परिरहेका छन्।