कुलमान घिसिङ र रास्वपा बीच ऐतिहासिक एकता

Image
Nisarga Hospital

ऊर्जा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच औपचारिक एकता सहमति भएको छ। सभापति रवि लामिछानेसँगको छलफलपछि कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय भएको हो।

CP Hospital Dhangadhi

सहमतिअनुसार, कुलमानको टिमबाट १८ जना समानुपातिक सदस्य पार्टीमा समावेश हुनेछन्। यसअघि पार्टी नेतृत्वमा रवि सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार हुने सहमति भइसकेको थियो।

स्रोतका अनुसार, हाल सहमति ड्राफ्ट तयार भइरहेको छ र यसले दुवै पक्षबीचको राजनीतिक सामञ्जस्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। एकतासँगै रास्वपाको चुनावी तयारी थप सुदृढ हुनेछ।

nawajiwan

नेताहरूले चुनावमा स्थिर नेतृत्व र साझा रणनीतिका माध्यमबाट पार्टीलाई व्यापक जनसमर्थन दिलाउने योजना बनाइरहेका छन्। यस ऐतिहासिक सहमतिले आगामी राजनीतिक परिदृश्यमा रास्वपाको प्रभावशाली उपस्थितिको संकेत गरेको छ।