
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। मंगलबार बिहान पौने ६ बजे रास्वपाले आयोगमा सूची दर्ता गराएको हो।

सोमबार रास्वपाका सभापति रवि लामिछाने, कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो। सहमतिअनुसार तीनै जना रास्वपाबाटै निर्वाचनमा सहभागी हुने भएका छन्।
सहमति अनुसार कुलमान पक्षले १८ र बालेन पक्षले ४० जना समानुपातिक उम्मेदवार पाउने भएका छन्। बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्मका नाम समावेश छन्।


त्यस्तै, रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रमोद न्यौपानेसहित जेन–जी पुस्ताका प्रतिनिधिहरूलाई पनि समानुपातिक सूचीमा राखेको छ।
































