सुदूरपश्चिमबाट नेपाली कांग्रेसबाट को–को छन त मैदानमा ? प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार दर्ता

Image
Nisarga Hospital

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रबाट उम्मेदवारहरू सार्वजनिक भएका छन्। बाजुराबाट जनकराज गिरी चुनावी मैदानमा उत्रिएका छन् भने अछाम–१ बाट भरतकुमार स्वार र अछाम–२ बाट पुष्पबहादुर शाह उम्मेदवार बनेका छन्। डोटीमा भरतबहादुर खड्का, बैतडीमा चतुरबहादुर चन्द र दार्चुलामा धर्मानन्द जोशी प्रतिस्पर्धामा छन्।

CP Hospital Dhangadhi

बझाङबाट प्रकाश रसाइली ‘स्नेही’ उम्मेदवार बनेका छन् भने डडेल्धुराबाट नैनसिंह महर मैदानमा उत्रिएका छन्। कैलाली–१ मा जनकराज चौधरी, कैलाली–२ मा विजयबहादुर स्वार, कैलाली–३ मा भीम बडुवाल, कैलाली–४ मा गोरखबहादुर विष्ट र कैलाली–५ मा नरनारायण शाह उम्मेदवार बनेका छन्।

यस्तै कञ्चनपुर–१ बाट गोपीप्रसाद उपाध्याय, कञ्चनपुर–२ बाट एनपी साउद र कञ्चनपुर–३ बाट हरिप्रसाद बोहराले उम्मेदवारी दिएका छन्। अनुभवी र नयाँ अनुहारको मिश्रणसहित सुदूरपश्चिमको चुनावी माहोल तातिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यी हुन् सुदूरपश्चिमका उम्मेदवारहरू

बाजुरा– जनकराज गिरी

अछाम–१ भरतकुमार स्वार

अछाम–२ पुष्पबहादुर शाह

डोटी– भरतबहादुर खड्का

बैतडी– चतुरबहादुर चन्द

दार्चुला– धर्मानन्द जोशी

बझाङ– प्रकाश रसाइली ‘स्नेही’

डडेल्धुरा– नैनसिंह महर

कैलाली– १ जनकराज चौधरी

कैलाली– २ विजयबहादुर स्वार

कैलाली–३ भीम बडुवाल

कैलाली–४ गोरखबहादुर विष्ट

कैलाली– ५ नरनारायण शाह

कञ्चनपुर– १ गोपीप्रसाद उपाध्याय

कञ्चनपुर– २ एनपी साउद

कञ्चनपुर–३ हरिप्रसाद बोहरा

Dhnagadhi & Krishanapur