
सुकायो खोला र बिकायो यो बगर पनि,
डरलाग्दै छ नेताको देश बेच्ने रहर पनि।
लुकायो असली अनुहार लगायो जिलाप
कसले राख्न सक्योर कसको खबर पनि।
कति शङ्घर्ष गर्नुछ गरिबलाई जिवनमा,
कहाँ पुगेर रोकिएला केथाहा सफर पनि।
कतै छैन गरिखानेको सरकार संसारमा,
हियामा गहिरो घाउ उज्यालो अधर पनि।
जति थिच्यो घनले फौलाद भयो धारिलो,
हुनसकिन धनमानलाई तेस्को असर पनि।
पुरानाले देश लुटे भुटे भएन विकाश कतै,
नया जलाए देश विदेशका बफादार पनि।

॥१॥
देखिरहेकै छु चुनावी नौजाल उहिपुरानो,
यो मनमा उब्जिरहन्छ सवाल उहिपुरानो।

झुटा रोकिए भाषन न आस्वासन रोकिए,
जता हेर्यो उतै छ निरास ताल उहिपुरानो।
कति आचारसहिन्ता नै भए व्यवहारिक,
आलोपालो हुन्छन् उनै बहाल उहिपुरानो।
अतिक्रमणका कुरा घोषाणापत्रमा वादा,
रोजगार न सिमानामा पर्खाल उहिपुरानो।
उत्पादन भए पो हुन्थ्यो देश आत्मनिर्भर,
वेरोजगार कुनाकुना अनिकाल उहिपुरानो।
कसैलाई अचानो बनाई पुग्नु छ सिखरमा,
चलेकै छ उस्तै चुनावी बबाल उहिपुरानो।
॥२॥
अहिले तिमि सँग छ हतियार केही गर्ने,
सोच नै बनाउँछौ भने आधार केही गर्ने।
समय सधैँ एकनास हुन सक्तैन कसैको,
चाहान भयो की हाम्रै तकरार केहि गर्ने।
दुश्मन बनेर जितन सकिंदैन कसैलाई,
मुड भयो त्यसैले त अब उद्दार केहि गर्ने।

पाखानै लगायो ज जस्ले हिंजो दलहरू,
भन्छन् पार्टी बनायौं सरकार केही गर्ने।
एउटा कुखुरा बेच्दा पनि दिनैपर्छ भ्याट,
व्यवस्था पनि रोज्यो भ्रष्टाचार केही गर्ने।
दलाल जन्मायो शोशक र तानाशह हरू,
जन्माउन सकेन देशले औतार केही गर्ने।
॥३॥
जनताहरूको हालत वेहाल उस्तै छ,
सबैको मनमा आज सवाल उस्तै छ।
किन बगाए रगत सहिदहरूले देशमा
गएन दुष्ट विदेशी सञ्जाल उस्तै छ।
राणा फाल्यौँ राजा फाल्यौँ जनताले,
गरिब धनिको अँझै पर्खाल उस्तै छ।
हजारौँ युवाहरूले ज्यान गुमाए पनि,
विकास भैन खै देशकङ्गाल उस्तै छ।
जसले दलहरू पाखा लगायो हिंजो,
उसैले दल बनाएपछि चाल उस्तै छ।
फुकेर भ्रष्टाचार छुमन्तर कहाँ हुन्थ्यो,
जो देख्छ कुर्सि चुहायो र्याल उस्तै छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८































