
पर्सा जिल्लाको वीरगन्ज–१६ बाट विशेष सर्च अपरेसनमा ९ थान सुतली बमसहित ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अविजित यादव रहेका छन्। प्रहरीका अनुसार उनीहरू निर्वाचनको बेला धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले अवाञ्छित गतिविधि गर्न लागेका थिए।

सुरक्षा स्रोतका अनुसार उनीहरूले पसलबाट किनेको सुँगुरको टाउको दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने योजना बनाएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूको साथमा २ थान मोबाइल, १ पावर बैंक, १ चार्जर, ५ सेतो तार र अन्य उपकरण फेला परेको छ।

पर्सा प्रहरीले विशेष अपरेसन अन्तर्गत उनीहरूलाई गएराति पक्राउ गरी निर्वाचन सुरक्षामा चुनौती हुनबाट रोक्न सफल भएको जनाएको छ। प्रहरीले स्पष्ट पारेको छ कि लोकतन्त्रको वातावरणमा अवाञ्छित र हिंसात्मक गतिविधिलाई कुनै हालतमा अनुमति दिइने छैन।

यो अपरेशनले निर्वाचन सुरक्षामा प्रहरीको सतर्कता र प्रभावकारी निगरानीलाई उजागर गरेको छ।































