१६ वर्ष सेवा दिएको एटीआर–७२ लाई बुद्ध एयरले गर्‍यो औपचारिक बिदाइ

Image
Nisarga Hospital

नेपालको निजी वायुसेवा कम्पनी Buddha Air ले आफ्नो कल साइन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई पूर्ण उडान क्षमता पूरा गरेपछि औपचारिक रूपमा बिदाइ गरेको छ। २ जुलाई २०१० देखि व्यावसायिक उडानमा रहेको उक्त जहाजले ९ मार्च २०२६ मा Bhairahawa–Kathmandu अन्तिम उडान पूरा गर्दै सेवा समाप्त गरेको हो।

CP Hospital Dhangadhi

१६ वर्षको उडान अवधिमा जहाजले करिब २४ लाख ८२ हजार ७७२ यात्रु सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याएको कम्पनीले जनाएको छ। एटीआर–७२ विमानको अधिकतम उडान क्षमता ७२ हजार साइकल (एक उडान र एक अवतरण) हुने मानिन्छ।

Attariya Hospital

बुध्द एयरका कार्यकारी अध्यक्ष Birendra Bahadur Basnet ले जहाजले नेपालको हवाई यात्रालाई सहज, किफायती र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए। त्यस्तै Civil Aviation Authority of Nepal का महानिर्देशक Tek Nath Sitoula ले उत्कृष्ट मर्मत–सम्भार र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण जहाजलाई सफलतापूर्वक सेवा अवधि पूरा गरी बिदाइ गर्न सम्भव भएको बताए।

nawajiwan

यसअघि कम्पनीले १० सेप्टेम्बर २०२४ मा एटीआर–४२ जहाजलाई पनि सेवा निवृत्त गरेको थियो। अहिले बुध्द एयरले देशका विभिन्न गन्तव्यका साथै भारतको Varanasi र Kolkata सम्म उडान सञ्चालन गरिरहेको छ।