
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

आज बिहान पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई सुरुमा ‘रेड एरिया’को २७ नम्बर बेडमा राखेर नेफ्रोलोजी तथा मुटु रोग विशेषज्ञ टोलीले परीक्षण गरेको थियो। रगत, भिडियो एक्सरेलगायत परीक्षणपछि उनलाई ५०१ नम्बर बेडमा सारिएको हो।

मिर्गौला प्रत्यारोपण गराएका बिरामी राखिने उक्त बेडमा उनलाई विशेष निगरानीमा राखिएको छ। ओलीको यसअघि दुईपटक मिर्गौला प्रत्यारोपण भइसकेको छ।

जेनजी आन्दोलन दमन प्रकरणमा फौजदारी कसुरमा अनुसन्धानका लागि उनलाई आज बिहान पक्राउ गरिएको हो। शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै अदालत पेस गरिने तयारी गरिएको छ।






























