आजको मौसमी अपडेट: पश्चिमी प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

Department of Hydrology and Meteorology Nepalका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसका कारण देशभर आंशिकदेखि सामान्य बदली छ भने कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान छ। केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने जनाइएको छ।

nawajiwan