
आगामी वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले देशभर पाठ्यपुस्तक वितरणलाई तीव्र बनाएको छ। केन्द्रले चैत १६ गतेदेखि वितरण सुरु गरेसँगै पाँच दिनभित्र २५ लाख थान पुस्तक बिक्री भइसकेको जनाएको छ।

प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीले सहज रूपमा पाठ्यपुस्तक प्राप्त गर्ने गरी उत्पादन र वितरण व्यवस्था मिलाइएको छ। उनका अनुसार आवश्यक पुस्तक समयमै विद्यालयसम्म पुर्याउने तयारी पूरा भएको छ।

यसैबीच, शिक्षामन्त्री सस्मित पोखरेलले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको कार्यालय तथा प्रेसको अवलोकन गर्दै आगामी सत्रमा पाठ्यपुस्तकको अभाव नहुने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
































