६ दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

Image
Nisarga Hospital

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

उक्त मस्यौदामाथि राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई वैशाख १० भित्र आफ्ना धारणा तथा सुझाव पेश गर्न आह्वान गरिएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको सुधार एजेन्डाअनुसार तयार गरिएको यो मस्यौदा आगामी नीति, कार्यक्रम तथा बजेटसँग प्रत्यक्ष रूपमा जोडिने बताइएको छ।

nawajiwan
Attariya Hospital

सरकारका अनुसार सबै दलका एजेन्डालाई एकीकृत गर्दै दीर्घकालीन विकासका लागि साझा मार्गचित्र निर्माण गर्ने मुख्य उद्देश्य राखिएको छ।

यसको कार्यान्वयन सम्बन्धित मन्त्रालयमार्फत गरिनेछ भने समन्वय तथा अनुगमन केन्द्रबाटै हुने व्यवस्था मिलाइएको छ। उक्त मस्यौदाले राष्ट्रिय सहमति र नीति निरन्तरतामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

😮 नेपाल सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक !
मुख्य बुँदाहरू:
• ५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य
• विद्यार्थीका लागि ‘Earn While You Learn’ मोडेल लागू
• औसत आर्थिक वृद्धिदर ७% पुर्याउने योजना
• प्रतिव्यक्ति आय ३,००० डलर पुर्याउने लक्ष्य
• GDP १०० अर्ब डलर नजिक लैजाने
• गरिबी १०% मा झार्ने प्रतिबद्धता
• २०४६ पछिका पदाधिकारीको सम्पत्ति छानबिन
• निजामती र शिक्षण संस्थाबाट ट्रेड युनियन खारेज
• सार्वजनिक सेवामा टाइम कार्ड र डिजिटल प्रणाली
• ३०,००० मेगावाट विद्युत् उत्पादन लक्ष्य
• किसानलाई क्रेडिट कार्ड, बिमा र पेन्सन
• २०८८ सम्म स्वास्थ्यमा ८% बजेट
• प्रत्येक प्रदेशमा नमुना समावेशी विद्यालय
• जलन पीडित र विपन्नलाई निःशुल्क उपचार