हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा तातो लहरको चेतावनी

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल हिमाली र पहाडी भूभागमा आंशिक बादल लागिरहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ।

CP Hospital Dhangadhi

दिउँसो कोशी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशीको तराईका केही स्थानमा समेत वर्षा हुन सक्ने देखिएको छ।

Attariya Hospital

मधेस प्रदेशसहित तराई र उपत्यकाका क्षेत्रहरूमा तातो दिनको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहरको असर देखिन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan

राति हिमाली क्षेत्रमा आंशिक बादल रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।