काठमाडौँमा नदी किनारका अवैध बस्ती हटाउन ठूलो अभियान सुरु

Image
Nisarga Hospital

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनार तथा सरकारी जग्गामा रहेका अनधिकृत बस्तीहरू हटाउने कार्य आज बिहानदेखि सुरु भएको छ। प्राकृतिक बहाव अवरुद्ध भएको र सहरी पूर्वाधार निर्माणमा बाधा पुगेको भन्दै प्रशासनले तोकेको अन्तिम समय सीमा हिजो साँझ ७ बजे सकिएसँगै कारबाही अघि बढाइएको हो।

CP Hospital Dhangadhi

आज बिहान ६ बजेदेखि अनधिकृत घरटहरा भत्काउने र अतिक्रमित क्षेत्र खाली गराउने प्रक्रिया सुरु गरिएको छ। प्रशासनले पहिले नै सूचना जारी गर्दै आफ्ना सामान, लत्ताकपडा तथा घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो। साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर स्थानान्तरण गर्न निर्देशन दिएको छ।

Attariya Hospital

कारबाहीमा अवरोध भए कानुनअनुसार कडा कदम चालिने चेतावनी पनि दिइएको छ। प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुमबासीको पहिचान गरी उनीहरूको पुनर्वासको व्यवस्था गर्ने तयारी छ। यो अभियानलाई सहरी व्यवस्थापन र सुरक्षित बसोबास सुनिश्चित गर्ने दीर्घकालीन योजनाको रूपमा हेरिएको छ।

nawajiwan