देशभर बदलीको प्रभाव : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

रातिको समयमा भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Attariya Hospital

महाशाखाका अनुसार भोलि पनि देशभर यस्तै मौसम रहनेछ। यो क्रम बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ। आज बेलुका र भोलि बिहान केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan