टर्किस विमानको चक्कामा आगलागीपछि त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुनः सञ्चालन

Image
Nisarga Hospital

टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगलागी भएपछि बन्द गरिएको Tribhuvan International Airport डेढ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

CP Hospital Dhangadhi

आज बिहान टर्कीको इस्तानबुलबाट आएको TK 726 नम्बरको विमान अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएपछि विमानस्थल सुरक्षा सतर्कताका कारण बिहान ६:४५ बजेदेखि उडान तथा अवतरण सेवा रोकिएको थियो । घटनापछि दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Attariya Hospital

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार करिब डेढ घण्टापछि विमानस्थल पुनः सञ्चालनमा आएको हो । त्यसपछि एयर इन्डिया र फ्लाई दुबईका विमान सफलतापूर्वक अवतरण गरेका छन् भने केही उडानहरू पनि पुनः सुरु भएका छन् ।

nawajiwan

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमानलाई रनवेमै रोकेर आपतकालीन ढोका प्रयोग गरी यात्रुहरूको सुरक्षित उद्धार गरिएको थियो । विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए । घटनाले केही समय विमानस्थलमा त्रास सिर्जना गरे पनि अहिले अवस्था सामान्य भएको छ ।