धादिङको बैरेनी क्षेत्रमा मध्यराति बस दुर्घटना : १२ घाइते, ३ जनाको अवस्था गम्भीर

Image
Nisarga Hospital

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनी क्षेत्रमा गएराति दुईवटा यात्रुबाहक बस आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

CP Hospital Dhangadhi

काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई राति नै उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Attariya Hospital

दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित बनेको थियो । आपसमा ठोक्किएका बसको नम्बर, यात्रुको पहिचान तथा दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

nawajiwan