काठमाडौं डोजर अभियान अन्तर्राष्ट्रिय निगरानीमा, संयुक्त राष्ट्रसंघको गम्भीर चासो

Image
Nisarga Hospital

काठमाडौंका नदीकिनार क्षेत्रमा भइरहेको घरटहरा हटाउने अभियानमाथि संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले सक्रिय निगरानी सुरु गरेका छन्। जेन जेड मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई पठाइएको आधिकारिक जवाफमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले डोजर अभियान र त्यससँग जोडिएका मृत्यु घटनाबारे विशेष प्रतिवेदकहरूलाई विस्तृत जानकारी पठाइएको जनाएको हो।

CP Hospital Dhangadhi

थापाथली, बल्खु र मनोहरा क्षेत्रका बस्तीमा भइरहेको बलपूर्वक हटाउने कार्यप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। बल्खुमा ६१ वर्षीय इन्द्रबहादुर राईले बागमती नदीमा हाम फालेर ज्यान गुमाएको तथा थापाथलीमा १७ वर्षीय रबिन तामाङ मृत फेला परेको घटनालाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

Attariya Hospital

संयुक्त राष्ट्रसंघले विस्थापित परिवारको अवस्था, प्रभावित नागरिकको संख्या, आगामी हटाउने योजना र संलग्न सरकारी निकायबारे थप विवरण माग गरेको छ। यससँगै काठमाडौंको डोजर अभियान अब स्थानीय विवादभन्दा माथि उठेर अन्तर्राष्ट्रिय मानवअधिकार चासोको विषय बनेको छ।

nawajiwan