पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहने सम्भावना छ। कर्णाली प्रदेशको हिमाली क्षेत्र तथा मधेश प्रदेशमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Attariya Hospital

आगामी केही घण्टामा कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

nawajiwan