दिल्ली–धनगढी बसबाट ठूलो तस्करी खुलासा, करिब १० लाखको सामान बरामद

Image
Nisarga Hospital

दिल्लीबाट धनगढी (नेपाल) तर्फ आउँदै गरेको नेपाली नम्बरको बसबाट भारतीय सीमा शुल्क विभागले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ। मौलाकालिका यातायात प्रालि को बसमा लुकाइछिपाइ ल्याइएका हार्डवेयर सामग्री तथा मोटर पार्ट्स फेला परेपछि बससहित करिब १० लाख ८७ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो।

CP Hospital Dhangadhi

भारतीय भन्सार विभागका अनुसार दिल्ली–काठमाडौं रुटमा चल्ने सुप्रप ०१–००१ ख ३०६४ नम्बरको बसलाई गौरीफन्टा सीमा शुल्क कार्यालयले शुक्रबार बिहान शंकाका आधारमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा बसको तल्लो भागमा विशेष रूपमा बनाइएको गोप्य क्याबिन भेटिएको थियो, जहाँ भन्सार शुल्क नतिरी ल्याइएका सामान लुकाइएका थिए।

Attariya Hospital

बरामद सामानमा हार्डवेयर सामग्री र मोटर पार्ट्स रहेका छन्, जसको अनुमानित मूल्य करिब ६ लाख रुपैयाँ रहेको विभागले जनाएको छ। भारतीय सीमा शुल्क कार्यालयले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यस घटनाले सीमा क्षेत्रमा हुने अवैध आयात–निर्यात र तस्करी गतिविधिबारे फेरि प्रश्न उठाएको छ।

nawajiwan