आजको मौसमः पूर्वी नेपालमा वर्षाको सम्भावना, सुदूरपश्चिममा तातो लहरको चेतावनी

Image
Nisarga Hospital

नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

Attariya Hospital

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेससहित तराई क्षेत्रका केही भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan

यता, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा तातो दिनको अवस्था रहने चेतावनी दिइएको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बदलीसँगै केही स्थानमा वर्षा जारी रहने सम्भावना महाशाखाले जनाएको छ।