गोदावरी–४ मा वडास्तरीय खेलकुद प्रतियोगिता सुरु, बिवाईसीको विजयी सुरुवात

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ मा जेवाईसी वडास्तरीय खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। वडा कार्यालयको आर्थिक सहयोग र ज्वाला देवी युवा क्लब (जेवाईसी) को आयोजनामा प्रतियोगिताको उद्घाटन वडाध्यक्ष हेमप्रकाश मल्लले गरे। उनले खेलकुदलाई युवालाई एकताबद्ध गर्ने तथा वडाभित्र प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइएको बताए।

CP Hospital Dhangadhi

“एक वडा, एक खेलकुद” कार्यक्रमअन्तर्गत युवालाई लक्षित गरी विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको उनले उल्लेख गरे। उनका अनुसार खेलकुदले वडाभित्र आपसी भाइचारा बढाउनुका साथै लागुऔषध दुव्र्यसनबाट युवालाई टाढा राख्न सहयोग पुर्‍याउनेछ।

Attariya Hospital

विशिष्ट अतिथि वडासदस्य शेरबहादुर घर्तिमगरले वडाभित्रकै खेलाडीलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। ज्वाला देवी युवा क्लबका अध्यक्ष महेश्वर भट्टले वडाले खेलाडी पहिचान र विकासमा सहयोग गरेको भन्दै धन्यवाद दिए। प्रतियोगितामा भलिबल र क्रिकेट गरी दुई विधाका खेल सञ्चालन गरिनेछ। क्रिकेटमा ५ टोली र भलिबलमा ६ टोली दर्ता भएका छन्। प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ।

nawajiwan

उद्घाटन क्रिकेट खेलमा टिम बास्कोटा र बसन्तपुर युवा क्लब (बिवाईसी) बीच प्रतिस्पर्धा भएको थियो। बिवाईसीले १४४ रन बनाउँदै जित हात पार्‍यो भने टिम बास्कोटा ६२ रनमै सीमित भयो। शनिबारदेखि भलिबल र अन्य क्रिकेट खेलहरू पनि सञ्चालन हुने आयोजकले जनाएको छ।