सुदूरपश्चिम–लुम्बिनीमा तीव्र गर्मीको चेतावनी, तापक्रम ४१ डिग्रीसम्म पुग्ने सम्भावना

Image
Nisarga Hospital

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरूमा आगामी दिनहरूमा गर्मी झन् बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्क रहन आग्रह गरेको हो। महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङसहितका तराई क्षेत्र तथा डोटी, बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि तापक्रम निरन्तर बढ्ने देखिएको छ।

CP Hospital Dhangadhi

यसअघि नै केही स्थानमा तापक्रम ४१ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइसकेको छ भने अधिकांश क्षेत्रमा ३८ डिग्रीभन्दा माथि पुगेको छ। आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाडी भूभागमा मध्यमदेखि अत्यधिक तातो लहर रहने अनुमान गरिएको छ।

Attariya Hospital

महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। चिकित्सकका अनुसार तातो लहरले थकान, चक्कर, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउन सक्छ। गर्मीबाट जोगिन चिसो स्थानमा बस्ने, पर्याप्त पानी तथा झोलिलो पदार्थ सेवन गर्ने र आवश्यक परे मात्र बाहिर निस्कन सुझाव दिइएको छ।

nawajiwan