त्याग, विश्वास र मानवताको पर्व : देशभर उल्लासका साथ मनाइँदै बकर इद मनाईदै

Image
Nisarga Hospital

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थासहित मनाइँदैछ। बिहानैदेखि मुस्लिम समुदायले मस्जिद तथा इदगाहमा सामूहिक नमाज अदा गर्दै एकअर्कामा शुभकामना आदानप्रदान गरेका छन्। राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

CP Hospital Dhangadhi

इदुल फित्रको ७०औँ दिनमा मनाइने बकर इद त्याग, बलिदान र अल्लाहप्रतिको समर्पणको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालनाका लागि इब्राहिम अलैह सलाम आफ्ना प्रिय पुत्र इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइन्छ। अन्ततः अल्लाह प्रसन्न भई इस्माइलको सट्टा दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ।

Attariya Hospital

पर्वको मुख्य आकर्षण ‘कुर्बानी’ हो, जहाँ धार्मिक रूपमा जायज जनावर बलि दिइन्छ। कुर्बानीको मासु गरिब, आफन्त र आफ्नै परिवारबीच बाँड्ने परम्पराले सामाजिक सद्भाव र सहयोगको सन्देश दिन्छ। मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने परम्परा रहेको छ भने सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

nawajiwan