
आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकबाट बाहिरिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट भाषण प्रस्तुत गरिरहेका समयमा उनी बैठक छोडेर बाहिरिएका हुन्।


साम्पाङले आफूलाई अर्को महत्वपूर्ण काम भएकाले संसद् छाड्नुपरेको बताएका छन्। उनले भने, “मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ, मेरो अर्को महत्वपूर्ण काम छ, त्यसैले निस्किएको हुँ।”
बजेट प्रस्तुत भइरहेकै अवस्थामा प्रमुख नेताको बाहिरिनुले राजनीतिक वृत्तमा चासो बढाएको छ। तर उनका पार्टीका अन्य सदस्य भने बैठकमै उपस्थित रहेका छन्। सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल प्रक्रिया भने जारी रहेको छ।
































