बालपोषण भत्ता वृद्धि, मासिक १ हजार पुर्‍याइने

Image
Nisarga Hospital

सरकारले बालपोषण भत्ता वृद्धि गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बालपोषण भत्ता बढाएर मासिक १ हजार रुपैयाँ पुर्‍याइने जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

सरकारका अनुसार बालबालिकाको पोषण अवस्था सुधार गर्दै दीर्घकालीन रूपमा स्वस्थ र सक्षम जनशक्ति निर्माण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। विशेष गरी गरिब तथा जोखिममा रहेका परिवारका बालबालिकालाई लक्षित गरी यो सुविधा उपलब्ध गराइनेछ।

Attariya Hospital

अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षालाई अझ प्रभावकारी र लक्षित बनाउन सरकार प्रतिबद्ध रहेको बताए। यसले बालअधिकार संरक्षण र पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

nawajiwan