
निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लक्ष्मणकुमार स्वार विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न मतदानपछि राति सार्वजनिक मतपरिणामअनुसार स्वारले १८३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी किशोर ठकुराठीले ७४ मत मात्र प्राप्त गरे।

कुल २६४ मतदाता सहभागी निर्वाचनमा अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी (१६८ मत), उपाध्यक्षमा पदम भण्डारी (१६०) र बिक्रम खड्का (९०) निर्वाचित भएका छन्। महासचिवमा खेमराज जोशी (१५९), उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा (१९२) तथा उपमहासचिव (आन्तरिक) मा राजेश गिरि (१७०) विजयी भए।

त्यस्तै कोषाध्यक्षमा निर्मल कुमार देउवा (१७४) र सह–कोषाध्यक्षमा निर्मला सापकोटा (१२९) निर्वाचित भएका छन्। सदस्यतर्फ दिनेश राज भट्ट (१९९), अमर सिंह रावल (१८३), राजेश मधिकर्मी (१७५), विनोद प्रसाद भट्ट (१७५) र सुनिल कुँवर (१६०) विजयी भएका छन्।

निर्वाचनले निर्माण व्यवसायी महासंघ सुदूरपश्चिममा नयाँ नेतृत्वसहित आगामी कार्यकालका लागि संगठनात्मक सशक्तीकरणको अपेक्षा गरिएको छ।































