प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् विस्तार, गुरुङ गृहमा पुनः फर्किए, पुनले सम्हाले विज्ञान मन्त्रालय

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् विस्तार गर्दै दुई नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृह मन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा शपथ लिएका हुन्।

CP Hospital Dhangadhi

शपथ ग्रहण समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसँगै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा विभिन्न सांसदहरूको उपस्थिति रहेको थियो। समारोहलाई उच्च राजनीतिक उपस्थितिले थप औपचारिक र महत्वपूर्ण बनाएको थियो।

गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सुधन गुरुङ यसअघि पनि सोही पदमा रहेका थिए। आफ्नो सम्पत्ति विवरणसम्बन्धी प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिबाट ‘क्लिनचिट’ पाएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा आएका हुन्।

nawajiwan
Attariya Hospital

यसैबीच, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। यसअघि जेनजी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको सरकारमा उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका थिए। पछि फागुन २१ को निर्वाचनअघि उनले पदबाट राजीनामा दिँदै पुनः चुनावी प्रतिस्पर्धामा होमिएका थिए।

नवनियुक्त मन्त्रीहरूको शपथसँगै प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले थप पूर्णता पाएको छ। नयाँ नियुक्तिसँगै सरकारको कार्यक्षमता र नीतिगत गति अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।