कोशीमा मनसुन सक्रिय, लुम्बिनी–सुदूरपश्चिममा ‘लु’को जोखिम, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

नेपालमा पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव कायम रहँदा एकातिर कोशी प्रदेशमा मनसुन सक्रिय बनेको छ भने अर्कोतर्फ लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षा र अत्यधिक गर्मी दुवै अवस्थाप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय छ भने देशका अन्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ। अहिले कोशीसहित हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

Attariya Hospital

सोमबार दिउँसो र राति कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। साथै बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।