केप भर्डेको ऐतिहासिक प्रदर्शन जारी, दुई पटकका विश्वविजेता उरुग्वेसँग २–२ बराबरी

Image
Nisarga Hospital

फिफा विश्वकपमा पहिलो पटक डेब्यु गरिरहेको अफ्रिकी राष्ट्र केप भर्डेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दुई पटकका पूर्व विश्वविजेता उरुग्वेलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न समूह ‘एच’ को खेलमा केप भर्डेले बलियो प्रतिद्वन्द्वीविरुद्ध बहुमूल्य अंक खोसेको हो।

CP Hospital Dhangadhi

यसअघि पहिलो खेलमा उपाधि दाबेदार स्पेनसँग गोलरहित बराबरी खेलेको केप भर्डेले उरुग्वेविरुद्ध पनि उच्च मनोबलका साथ मैदान उत्रिएको थियो। खेलको २१ औं मिनेटमा केभिन पिनाको शक्तिशाली फ्रिकिक गोलमा केप भर्डेले अग्रता लिएको थियो।

तर उरुग्वेले ३८ औं मिनेटमा सिड्नी लोपेस काब्रालको आत्मघाती प्रयासलाई म्याक्सी अराउजोले गोलमा परिणत गर्दै बराबरी गर्‍यो। इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गरेपछि उरुग्वेले पहिलो हाफमा २–१ को अग्रता बनायो।

nawajiwan
Attariya Hospital

दोस्रो हाफमा उरुग्वेले दबाब बढाए पनि ७२ औं मिनेटमा म्याथियास ओलिभेराको गल्तीको फाइदा उठाउँदै हेलियो वारेलाले केप भर्डेलाई बराबरी दिलाए। अन्त्यतिर फेडरिको भाल्भर्डेको गोल VAR ले अफसाइड ठहर गरेपछि उरुग्वे जितबाट वञ्चित भयो।

यो बराबरीसँगै समूह ‘एच’ मा स्पेन शीर्ष, उरुग्वे दोस्रो र केप भर्डे तेस्रो स्थानमा छन्। अब अन्तिम खेलहरू नकआउट चरणका लागि निर्णायक हुनेछन्।