मेस्सीको ऐतिहासिक कीर्तिमान, अर्जेन्टिना नकआउट चरणमा

Nisarga Hospital

लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले समूह चरणमा ६ अंक जोडेको हो।

CP Hospital Dhangadhi

अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुवै गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे। उनले ३८औँ मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो गोल थप्दै आफ्नो विश्वकप गोल संख्या १८ पुर्‍याए। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको पुरानो कीर्तिमानलाई पछि पारे।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजेको कीर्तिमान बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध थप दुई गोल गरेपछि उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खेलको चौथो मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर मेस्सीले त्यस अवसरलाई गोलमा परिणत गर्न सकेनन्। त्यसपछि उनले उत्कृष्ट पुनरागमन गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

यसअघि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराएको थियो। लगातार दुई जितसँगै टोली उपाधि यात्रामा थप बलियो देखिएको छ।

Dhnagadhi & Krishanapur