विश्वकप २०२६ : समूह चरण सकिँदा फ्रान्सको दबदबा, मेसीको जादु र नयाँ स्टारहरूको उदय

Image
Nisarga Hospital

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणका लागि ३२ टोलीको टुंगो लागेको छ। समूह चरणले यसपटक पुराना कीर्तिमान तोड्ने संकेतसँगै नयाँ प्रतिभाको उदय पनि देखाएको छ।

CP Hospital Dhangadhi

बीबीसीका खेल विश्लेषकहरूले फ्रान्सलाई प्रतियोगिताको सबैभन्दा बलियो दाबेदारका रूपमा चित्रण गरेका छन्। फ्रान्सले सन् १९९८ यता पहिलो पटक समूह चरणका तीनै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो। किलियन एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसेको आक्रामक प्रदर्शनले फ्रान्सलाई उपाधि होडको अग्रपंक्तिमा उभ्याएको छ।

यता, साविक विजेता अर्जेन्टिनाले पनि प्रभावशाली प्रदर्शन गर्दै समूह चरणमा कुनै गोल नखाई आठ गोल गरेको छ। ३९ वर्षीय कप्तान लियोनेल मेसीले तीन खेलमा ६ गोल गर्दै उमेर केवल अंक मात्र भएको प्रमाणित गरेका छन्। उनको उत्कृष्ट लयले सन् १९५८ मा बनेको १३ गोलको ऐतिहासिक कीर्तिमानलाई चुनौती दिन सक्ने चर्चा सुरु भएको छ।

nawajiwan
Attariya Hospital

स्पेन पनि लामिन यमाल र निको विलियम्सको पुनरागमनसँगै मजबुत देखिएको छ। फ्रान्सका युवा स्टार माइकल ओलिसेले आफ्नो प्रभावशाली खेलबाट सबैको ध्यान तानेका छन् भने मोरक्कोका १८ वर्षीय मिडफिल्डर अयुब बुआदीलाई भविष्यका ठूला स्टारका रूपमा हेरिएको छ।

अब नकआउट चरण सुरु भएसँगै फ्रान्स, अर्जेन्टिना र स्पेन उपाधिका प्रमुख दाबेदार मानिएका छन्। एम्बाप्पे, मेसी, रोनाल्डो, हालान्ड र भिनिसियस जुनियरजस्ता स्टारबीचको प्रतिस्पर्धाले विश्व फुटबलको महाकुम्भलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।