कर्णालीमा बेपत्ता फोर्स गाडीको दोस्रो दिन पनि खोजी जारी, तीव्र बहावले उद्धारमा चुनौती

Image
Nisarga Hospital

दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ। बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना तालिमप्राप्त गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजीमा खटिएका छन्। दुर्घटनालगत्तै पाँच घण्टासम्म गरिएको खोजीबाट गाडी वा यात्रु फेला नपरेपछि दोस्रो दिन खोजीलाई थप तीव्र बनाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए।

Attariya Hospital

वर्षाका कारण नदीको जलसतह बढ्नु, तीव्र बहाव र धमिलो पानीका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। घटनास्थल भिरालो भएकाले उद्धार टोलीले अछामतर्फको सिमानाबाट खोजी गरिरहेको छ।

nawajiwan

दुर्घटनामा भिरमा अचेत अवस्थामा भेटिएका एक पुरुषको उद्धारपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। उनको पहिचान अझै खुलेको छैन। प्रहरीका अनुसार गाडीमा चालक र सहचालकसहित कम्तीमा सात जना सवार रहेको पुष्टि भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली बेपत्ता गाडी तथा यात्रुको खोजीमा निरन्तर परिचालित छ।