देशभर मनसुन सक्रिय: सुदूरपश्चिमसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश प्रदेशमा बदलीसँगै वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। बागमती र लुम्बिनीका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान तथा कोशी र बागमतीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईसहित मधेस, कोशी, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। यी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan