तीन महिनामै विपद्का २,७२१ घटना, १२७ जनाको मृत्यु

Image
Nisarga Hospital

चालु आर्थिक वर्षको सुरुआतदेखि असार १९ गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा १२७ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार १९ गतेसम्म दुई हजार ७२१ विपद्का घटना भएका छन्, जसमा ७७३ जना घाइते भएका छन् भने तीन हजार ७२२ परिवार प्रभावित भएका छन्।

CP Hospital Dhangadhi

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा धेरै ८३० वटा आगलागीका घटना भएका छन्, जसमा १७ जनाको मृत्यु र १०० जना घाइते भएका छन्। सर्पदंशका ३९८ घटनामा २३ जनाको मृत्यु र ३७५ जना घाइते भएका छन्। लेक लाग्ने ५४ घटनामा २१ जना तथा चट्याङका २०५ घटनामा १९ जनाको मृत्यु भएको छ।

त्यस्तै, जनावरको आक्रमणका १४७ घटनामा १४ जना र हावाहुरीका ४७४ घटनामा १३ जनाको ज्यान गएको छ। बाढी, पहिरो, भारी वर्षा, डुङ्गा दुर्घटना, वन डढेलो र हिउँपहिरोबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र २७ जिल्लामा ३१ विपद्का घटना हुँदा एक जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

nawajiwan