देशभर मनसुन सक्रिय : पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भूभागमा सरदर स्थानको आसपास रहेकाले वर्षा हुने प्रणाली सक्रिय बनेको हो।

CP Hospital Dhangadhi

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेस र कर्णालीका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ भने मधेस, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

Attariya Hospital

आज राति पनि वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। विशेषगरी **मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना** रहेकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा डुबान हुने स्थानमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

nawajiwan