बागमती नदीमा बाढी: सुन्दरीघाट सुकुमवासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

Image
Nisarga Hospital

लगातारको वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानको जोखिम बढेपछि शुक्रबार राति सुरक्षाकर्मीले उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

CP Hospital Dhangadhi

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो। उद्धारमा सशस्त्र प्रहरीका ३० र नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मी सहभागी भएका थिए।

होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा सारिएको प्राधिकरणले जनाएको छ। थप ६ जना आफन्त तथा नजिकैको होस्टलमा बस्न गएका छन् भने बाँकी ९४ जना पानी नपसेको सुरक्षित स्थानमै बसेका छन्। उनीहरू सुरक्षाकर्मी र सम्बन्धित निकायको निगरानीमा रहेका छन्।

nawajiwan

बागमती नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।