दुई लाखभन्दा बढी पर्यटकको रोजाइमा टीकापुर उद्यान, तर झोलुङ्गे पुलले घटायो आकर्षण

Image
Nisarga Hospital

कैलालीको टीकापुर नगरपालिका–५ स्थित टीकापुर उद्यानले चालु आर्थिक वर्षमा दुई लाख ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पर्यटकको आगमनबाट उद्यानले एक करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ, जुन टीकापुर नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत बनेको छ।

CP Hospital Dhangadhi

उद्यानका कर्मचारी विनोद चौधरीका अनुसार वर्षातमा पर्यटकको चहलपहल सामान्यतया कम हुने भए पनि दसैँ सुरु भएपछि आगन्तुकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने गर्छ।

Attariya Hospital

यद्यपि, टीकापुर–दौलतपुर क्षेत्रको कर्णाली नदीमाथि बर्दियाको राजापुर जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि उद्यानमा आउने पर्यटक घट्न थालेका छन्। निःशुल्क पुल अवलोकन गर्न जानेहरूको सङ्ख्या बढेसँगै प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्ने उद्यानको आकर्षण केही कमजोर बनेको देखिन्छ।

nawajiwan

विशेषगरी वर्षातमा कर्णाली नदीको बढ्दो बहाव, नदीले बनाएका मनमोहक फाँट तथा प्राकृतिक दृश्य अवलोकन गर्न र फोटो–भिडियो खिच्न पुल क्षेत्रमा दैनिक ठूलो भीड लाग्ने गरेको छ। सार्वजनिक बिदाका दिन त हजारौँ पर्यटक पुल अवलोकनका लागि पुग्ने गरेका छन्, जसको प्रत्यक्ष प्रभाव टीकापुर उद्यानको पर्यटक सङ्ख्यामा परेको देखिन्छ।