दरबार हत्याकाण्डबारे ओलीको नयाँ दाबी : ‘दीपेन्द्र दोषी भन्ने कथा रेडिमेड थियो’

Image
Nisarga Hospital

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे नयाँ विवादास्पद अभिव्यक्ति दिएका छन्। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्कालीन युवराज दीपेन्द्र शाहले आफ्नै परिवारको हत्या गरेको भन्ने कथा सत्य नभई ‘रेडिमेड स्टोरी’ मात्र भएको दाबी गरे।

CP Hospital Dhangadhi

अध्यक्ष ओलीका अनुसार दरबार हत्याकाण्डलगत्तै युवराज दीपेन्द्रको प्रेम सम्बन्धलाई जोडेर तयार पारिएको कथालाई विश्वव्यापी रूपमा फैलाइएको थियो। उनले दुई दशकभन्दा बढी समयसम्म त्यही कथाले स्थान पाए पनि घटनाको वास्तविक सत्य अझै सार्वजनिक हुन नसकेको बताए।

Attariya Hospital

उनले उक्त कथाको रचनाकार को हो भन्ने पनि अहिलेसम्म खुल्न नसकेको उल्लेख गर्दै पर्याप्त अध्ययन र अनुसन्धानबिनै त्यसलाई सत्यका रूपमा स्थापित गरिएको टिप्पणी गरे। विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत यति ठूलो घटनाको वास्तविकता खोज्ने प्रयास नगरी अफवाहलाई नै प्राथमिकता दिएको भन्दै उनले आश्चर्य व्यक्त गरे।

nawajiwan

ओलीले दरबार हत्याकाण्डको सत्य अझै बाहिर नआएको दाबी गर्दै घटनाबारे निष्पक्ष अनुसन्धान र तथ्यमा आधारित निष्कर्ष आवश्यक रहेको धारणा राखे। उनका यी अभिव्यक्तिले दरबार हत्याकाण्डबारे नयाँ बहस र राजनीतिक चर्चा सुरु हुने देखिएको छ।

# ट्रेण्डिङ