देशभर मनसुन सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले बुधबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। अहिले देशका पहाडी र हिमाली भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कर्णालीका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Attariya Hospital

आज राति पनि मौसममा खासै सुधार नआउने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, कर्णालीका पहाडी भूभाग र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमबाट सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

nawajiwan